काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले नेपालमा क्रिप्टो तथा भर्चुअल करेन्सीको कारोबार तथा व्यवसायीमा संलग्नमाथि कारबाही हुने चेतावनी दिएको छ।
एनबीएले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो तथा भर्चुअल करेन्सीले मान्यता पाएको छैन’, सूचनामा भनिएको छ, ‘जसका कारण क्रिप्टो तथा भर्चुअल करेन्सी र नेटर्वक मार्केटिङलगायतका गैरकानुनी वित्तीय औजारमा आबद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने र अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ।’
त्यसैले नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।
9 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago