काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १२ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

यो अवधिमा कम्पनीले २५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको आम्दानी ५ करोड १५ लाख रुपैयाँ रहेको थियो। यो अवधिमा कम्पनीको अन्य आम्दानी १५ लाख ८१ हजार रुपैयाँ भएको छ। 

चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ४३ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ २६ करोड २९ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको प्रतिसेयर आम्दानी १.१४ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ९.१३ रुपैयाँले ऋणात्मक रहेको थियो। प्रतिसेयर नेटवर्थ ७१.४८ रुपैयाँ रहेको कम्पनीको चालु अनुपात २.४८ गुणा रहेको छ।