काठमाण्डौ। भ्यालेन्टाइन्सका अवसरमा स्मार्टडोले ‘डोकोभरि माया’ अफर ल्याएको छ। 

यस अवसरमा ग्राहकले आफ्ना प्रियजनहरुका लागि प्रेमपूर्वक उपहारहरु जस्तै– परफ्युम, स्मार्टवाच, कपल टी–सर्ट तथा अन्य आकर्षक सामानमा ७२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

यस अवसरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्ने ३ भाग्यशाली ग्राहकले रु. २ हजार ५०० को स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसर पाउन सक्नेछन्। 

यसका साथै यस अवसरमा ‘डोकोभरि माया ट्याग एन्ड विन गिभअवे’ पनि समावेश गरिएको छ। जहाँ ४ भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन्। उपहारहरु निम्नानुसार छन्–

१. स्मार्ट हृस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलाबको फूल

२. डट एन्ड की कस्मेटिक्स, टोबलेरोन डार्क चकलेट र गुलाबको फूल

३. हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलाबको फूल

४. कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलाबको फूल

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्ट छन्। ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै– कोभिड–१९का लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एन्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन्। यसका साथै ग्राहकले बिहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन्।

स्मार्टडोकोका ग्राहकले काठमाण्डौ उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभर र रिङरोडभन्दा बाहिर तथा नेपालका सम्पूर्ण ७७ जिल्लामा निकै कम शुल्कमा सामान डेलिभरीको सुविधा पाउन सक्नेछन्। 

यो अफर यही माघ २६ देखि फागुन १ सम्म मान्य हुने कम्पनीले जनाएको छ।