काठमाण्डौ । प्राय कुनै पनि कम्पनीले कुनै पनि व्यक्तिलाई जागिर दिनका लागि उसको बायोडाटा र निवेदनको अध्ययनमा धेरै समय व्यथित गर्दैनन् । क्यारियर बिल्डरमा छापिएको एक रिपोर्टका अनुसार काम दिने सम्बन्धित कम्पनीको मेनेजरले एउटा पदका लागि आम रुपमा ७५ वटा भन्दा बढी बायोडाटा तथा आवेदन चेक गर्दैनन् । आम रुपमा कुनै पनि उम्मेद्वार सम्बन्धित पदका लागि फिट छ या छैन भन्ने कुरा कम्पनीका मेनेजरहरुले ६ सेकेण्डमै निश्कर्ष निकाल्छन् । यस्तो अवस्थामा तपाईले आफ्नो बायोडाटामा रहेका अनावश्यक चिज तुरुन्त हटाइदिनुपर्छ, ताकि तपाई चाँडो छनौट हुन सक्नुुहोस् । 

अनावश्यक अनुुभव नलेख्ने
हुनसक्छ तपाईले कुनै पनि जागिरमा आवेदन दिनुुअघि कुनै विशेष काममा विज्ञता हासिल गर्नुभएको होस्, तर तपाईले आवेदन दिनुुभएको जागिरसँग त्यो मेल खाँदैन भने तपाईले त्यसलाई अनुुभवको सूचिमा राख्नुुुहुँदैन । तपाईको विगतको फरक कामको अनुुभव तपाईले आवेदन दिनुुभएको बिल्कुुल फरक कामसँग कुनै पनि हालतमा मेल खाँदैन । त्यसकारण, विगतको नमिल्दो र अनावश्यक अनुुभव लेख्ने गल्ती गर्नुहुन्न ।

गल्ती सुधार्ने
बायोडाटा तथा तपाईको आवेदनले तपाईको व्यक्तित्वको प्रतिनिधित्व गरेको हुन्छ । यिनै कुराहरुबाट तपाईलाई जागिर दिने कम्पनीका अधिकारीहरुले तपाईको बिषयमा धेरै जानकारी प्राप्त गर्न सक्छन् । त्यसकारण बायोडाटा बनाउँदा र आवेदन दिंदा सानो भन्दा सानो गल्ती पनि गर्नु हुँदैन । यदि सानो मात्र गल्ती भेटिइयो भने पनि तपाईलाई जागिर दिने कम्पनीका अधिकारीहरुमा तपाई आफ्नो काममा गम्भीर हुनुुहुन्न भन्ने गम्भीर भ्रम पैदा हुनसक्छ । १० पटकसम्म आफ्नो बायोडाटा र आवेदनपत्र चेक गरेर मात्र पेश गर्नु उपयुक्त हुन्छ । 

फेसबुुके भाषा हटाउने
तपाई कुनै आइटी कम्पनीमै जागिरका लागि आवेदन दिइरहनुुभएको छ भने पनि तपाईले आफ्नो बायोडाटा वा रिज्युम लेटरलाई हलुका रुपमा लिनुुहुन्न । जस्तो थ्इग् को ठाउँमा ग् लेख्ने गल्ती नगर्नुहोस् । यस्तो गर्नुभयो भने यसले गलत म्यासेज दिनेछ । त्यसकारण आफ्नो बायोडाटामा सामाजिक सञ्जालमा चल्तीमा रहेको सर्टकर्ट भाषा प्रयोग गर्नबाट बच्नुुहोस् । 

भाषा बदल्ने
अहिलेको समय धेरै बदलिइसकेको छ । आफ्नो रिज्यूममा पुरातन पाराको पट्यारलाग्दो भाषा राख्नुुहुन्न । यस्तो भाषाले तपाईभित्रको सिर्जनाशीलताप्रति प्रश्न उठ्छ । रिज्यूममा तपाईको जस्तो भूमिका हुन्छ, त्यसलाई सिधा शब्दमा लेख्नुुहोस् । कतिपय अवस्थामा हामी यस्तो भाषा प्रयोग गर्छौ, जो पढ्दा त स्तरीय लाग्छ, तर त्यसले के भन्न खोजिरहेको छ भन्ने कुरा प्रष्ट हुँदैन । 

ठूलो फूर्ति नलगाउनूू
आफ्नो योग्यता तथा क्षमताको बढाईचढाई गरी निकै फूर्ति फार्तिका साथ पेश नगर्नु नै उत्तम हुन्छ । जसले तपाईलाई जागिर दिन गइरहेको हुन्छ, ऊसँग तपाई कत्ति पानीमाथि हुनुहुुन्छ भन्ने कुरा पत्ता लगाउने अनेक उपाय हुन्छन् । तपाईको हरेक दाबीलाई उसले भेरिफाई गर्नसक्छ । त्यसकारण रिज्यूममा आफ्नो योग्यतालाई धेरै बढाईचढाई नगरी पेश गर्नुपर्छ । 

बायोडाटा छोटो राख्ने
हुन त बायोडाटाको कुनै निश्चित आकार त छैन, तर कोशिश गर्नुहोस् कि यो २ पृष्ठ भन्दा लामो नहोस् । आफूसँग सम्बन्धित चिजहरुलाई कम शब्दमा समेट्ने कोशिश गर्नुहोस् । तपाईका यस्तो जिम्मेवारी वा कामलाई विशेष हाइलाइट्स गर्नुहोस्, जो तपाईले आवेदन दिएको कामसँग मेल खाओस् । 

व्यक्तिगत कुरा
तपाईको बायोडाटामा धार्मिक प्राथमिकता वा मान्यताको कुरा कतै सामेल नगर्नुहोस् । यस्ता सबै जानकारी तपाईले अप्लाई गरेको कम्पनीका लागि बेकार बन्न सक्छन् । तपाई समाजका लागि केही गर्न चाहनुुहुन्छ वा गर्नुहुन्छ भने पनि ती कुरा समेत बायोडाटामा समावेश नगर्नुहोस् । हो, यदि अन्तर्वार्ताको क्रममा कुनै प्रसंग त्यस्तो निस्कियो भने त्यस बिषयमा तपाईले मौका हेरेर कुराकानी गर्न सक्नुुहुन्छ । 

आफ्नो सौख
तपाईको सौखले कसैलाई केही फरक पार्दैन । तपाई जुन पोस्टका लागि अप्लाई गरिरहनुुभएको हुन्छ, त्यसका लागि तपाईको सौखले कुनै तादम्यता नै राख्दैन भने तपाईले कम्पनीको समय त बर्बाद पार्नुहुन्छ नै आफ्नो बायोडाटालाई समेत भद्धा बनाउनुुहुनेछ । तसर्थ, आफ्नो सौखको कुरा भरसक नराख्नुुहोस् । 

धेरै कुरा
करिअर एक्सपर्टहरुका अनुसार यदि तपाईले एक पृष्ठमै सबै कुरा ल्याउनका लागि ०.५ इञ्च मार्जिन तथा ८ पोइन्टको फण्ड प्रयोग गर्नुहुन्छ भने यो तपाईको ठूलो गल्ती हुनेछ । उनीहरुका अनुसार बढी भन्दा बढी स्पेस तथा ०.८ इञ्च भन्दा धेरै मार्जिन हुनुपर्छ । 

नक्कल नगर्नू
कतिपय अवस्थामा धेरै मानिस आफ्ना सिनियरहरुको बायोडाटालाई नै नक्कल गरिरहेका हुन्छन् । यस्तो अवस्थामा अधिकांश समय हामीलाई थाहा हुँदैन कि अर्काबाट नक्कल गरिएको बायोडाटामा सम्पूर्ण रुपमा के लेखिएको छ भन्ने कुरा । यदि यस्तो गर्नुभयो भने तपाई फालिने चान्स धेरै हुन्छ । कसैको सल्लाह लिनु सही हुन्छ, तर कपी नै गर्नु चाहि गलत कुरा हो । कुनै अर्को व्यक्तिको बायोडाटाले उसको व्यक्तित्वको प्रतिनिधित्व गर्छ, तपाईले आफ्नो व्यक्तित्व झल्किने बायोडाटा बनाउनुपर्ने हुन्छ ।