काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का प्रस्ताव गरेको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ।

कम्पनीद्वारा गत आर्थिक वर्षका लागि कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। राष्ट्र बैंकले आज फागुन ८ गते कम्पनीलाई पत्र पठाउँदै लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो। 

कम्पनीले गत आर्थिक वर्षका लागि ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

राष्ट्र बैंकको स्वीकृतिसँगै अब यो कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश पारित गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।