काठमाण्डौ । रुस र युक्रेनबीचको युद्धमा ठूलो धनजनको क्षति भइरहेको छ। यही युद्धका क्रममा विश्वको सबैभन्दा ठूलो कार्गो विमान पनि क्षतिग्रस्त बनेको छ।
युक्रेनले कीभनजिकैको गोस्टोमेले विमानस्थलमा रुसी गोलाबारीमा विश्वको सबैभन्दा ठूलो जहाज नराम्ररी क्षतिग्रस्त भएको जनाएको छ। एन्टोनोभ–२२५ म्रिया नामक यो विमान युक्रेनले निर्माण गरेको हो।
युक्रेनको सरकारी हतियार निर्माता युक्रोबोरोनप्रोमका अनुसार यसको मर्मतमा २२७ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्न सक्छ।
सोभियत संघले यो विमान डिजाइन गरेको थियो। युक्रेनको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै यो विमान मर्मत गरिने जनाएको छ।
रुसले आक्रमण गर्दा यो विमान विमानस्थलमा मर्मतका क्रममा रहेकाले सुरक्षित स्थानमा लैजान सकिएको थिएन।
यो विमानको लम्बाइ ८४ मिटर छ। विमानको पखेटा ८८ मिटरसम्म फैलिएको छ। –एजेन्सी
4 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago