काठमाण्डौ । अत्याधुनिक उपकरणसहितको ‘मल्टिस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ। 

काठमाण्डौको गौशालामा नेपाल ल्याब हाउस यही फागुन २२ गतेबाट सञ्चालनमा आउन लागेको हो। यो यूए एफडीए र ईयूबाटबाट स्वीकृति प्राप्त अत्याधुनिक मेसिनसहितको ल्याब तथा पोलिक्लिनिक हो। 

यस पोलिक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढी विशेषज्ञ डाक्टरसहितको ओपीडी सेवा सञ्चालन हुने बताइएको छ। 

नेपाल ल्याब हाउसमा संस्थागत रुपमै वरिष्ठ तथा ख्यातिप्राप्त रोग निदान विज्ञहरुबाट सम्पूर्ण स्वाथ्य सेवा उपलब्ध हुनेछ।

प्रयोगशालासम्बन्धी कार्यहरु अनुभवी तथा कुशल प्रयोगशाला प्राविधिक कर्मचारी तथा प्रशासनिक कर्मचारीहरुबाट सञ्चालित हुनेछन्।

पोलीक्लिनिकले म्यामोग्राफी, डिजिटल एक्स रे, (डीआर सिस्टम) अल्ट्रासाउन्ड र इकोकार्डियोग्राफीलगायतका सेवाहरु प्रदान गर्नेछ।