काठमाण्डौ । चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले होटल महाप्रबन्धकहरुको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन्।

शाह होटेल महाप्रबन्धकहरुको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन्।

दुबईमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटल महाप्रबन्धकको छाता संगठन हो।

हस्पिटालिटी क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाएका महाप्रबन्धक शाह थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भइसकेका छन्।