काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४०० रुपैयाँ कायम भएको छ। 

हिजो पनि सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।