काठमाण्डौ । डिशहोम फाइबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न कञ्चनपुरको महेन्द्रनगरस्थित तिलाचौरमा डिशहोम फाइबरनेट शोरुमको उद्घाटन  गरिएको छ। सो शोरुमको सञ्चालन मौभेरा मनी ट्रान्सफरले गर्नेछ।

शोरुम उद््घाटन डिशहोमका तर्फबाट सीओओ स्वाइन बिलिङ, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मीराज जोशी र डिलरका प्रोप्राइटर लक्ष्मीदत्त पाण्डेको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको मौभेरा मनि ट्रान्सफरले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ। 

१०० सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको मौभेरा मनि ट्रान्सफरले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने मौभेरा मनी ट्रान्सफरका सञ्चालक दानसिं बिष्टले जानकारी दिए।