काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो।