काठमाण्डौ । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) ले सामाजिक उत्तरदायित्वअन्तर्गत श्री बालकल्याण आधरभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको छ। 

कम्पनीले शनिबार एक कार्यक्रमबीच उक्त  विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीसहित को झोला वितरण गरेको छ। 

उक्त विद्यालयमा ११० जना विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको डिसहोमका एरिया सेल्स मेनेजर प्रदीप सुवेदीले जानकारी दिए। 

डिसहोमको उक्त कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नयन बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टीकाराम सापकोटाले सहकारीका तर्फबाट वाटर डिस्पेन्सर, पानीको जार, डस्टबिनलगायतका अन्य सामग्री विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद नेपाली, डिसहोमका एरिया सेल्स मेनेजर प्रदीप सुवेदी, सेल्स अफिसर विमलमान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थित थियो।

कार्यक्रममा सुवेदीले डिसहोमले देशैभरि विद्यार्थीको उज्ज्वल भविष्यका लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए।