काठमाण्डौ। नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।
गत चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो। सरकारले पूवाग्राही ढंगले आफूलाई निलम्बन गरेको भन्दै पुनर्बहालीको माग गर्दै अधिकारी सर्वोच्च अदालत गएका हुन्।
अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।
आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानुनी ढंगले छानबिन समिति गठन गरेको र समितिमा पार्टी सदस्य राखेको अधिकारीको दाबी छ। उक्त प्रक्रिया नै खारेजी गरी आफूलाई पुनर्बहालीका लागि उनले अन्तरिम आदेश माग गरेका छन्।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago