काठमाण्डौ । खल्तीले समयमै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा सुरु गरेको छ। सेवाग्राहीले अब खल्तीमार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन्।

स्वास्थ्य बीमा बोर्ड नेपाल सरकारद्वारा सञ्चालित एक सामाजिक सुरक्षा योजना हो। जसअन्तर्गत जोकोहीले कुनै पनि आर्थिक बोझ नलिई उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रयास गर्दछ। 

स्वास्थ्य बीमा भुक्तानीमा थप सहजता ल्याउनका लागि ‘खल्ती’ ले प्रयोगकर्ताका लागि यो सेवा ल्याएको त्यसैले स्वास्थ्य बीमा बोर्डको सेवा लिएका व्यक्तिले ले ‘खल्ती’ बाट समयमै प्रिमियम तिर्न सक्नेछन्। 

यस सेवाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘५० लाखभन्दा बढी नागरिकलाई समेट्ने यस प्रकारका अत्यावश्यक सार्वजनिक सेवाले जनतालाई डिजिटल भुक्तानी अपनाउन सक्षम बनाउँछ र हामी डिजिटल नेपालतर्फको अर्को पाइलाको रुपमा लिई अगाडी बढेका छौँ।’ 

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।