काठमाण्डौ । एक्सेलले नेपालमा पहिलोपटक ६ वटा ‘सिटी एन्ड गिल्ड्स’ हस्पिटालिटीको पाठ्यक्रम सुरु गरेको छ।

एक्सेलले सिटी एन्ड गिल्ड्स साउथ एसिया प्राइभेट लिमिटेडको व्यावसायिक तालिम सञ्चालन गर्ने संस्थामार्फत पाठ्यक्रमको सुरुआत गरेको हो। जसको स्थापना बेलायतको लन्डनस्थित सिटी एन्ड गिल्ड्सले गरेको हो। 

हस्पिटालिटीमा व्यावसायिक पाठ्यक्रमहरुको दायरा बढाउनका लागि एक्सेलसँगको साझेदारीमा कार्यक्रमको सुरुवात भएको हो। सम्झौताअनुसार इन्टरनेसनल ग्लोबल हस्पिटालिटी क्वालिफिकेसन इन फुड प्रिपरेसन, बेकरी एन्ड पेस्ट्री, बरिस्टा, बार ट्रेन्डिङ, फुड एन्ड बेभरेज सर्भिसेज स्किल फाउन्डेसन सर्टिफिकेट इन बेसिक फूड प्रिपरेसन र डिप्लोमा इन हस्पिटालिटी इन्डस्ट्री कार्यक्रम सुरु हुनेछ।

सिटी एन्ड गिल्ड्स साउथ एसियाका क्षेत्रीय प्रमुख जयन्त चौहान (उत्तर भारत, नेपाल र भुटान)ले यसबारेमा भने, ‘अहिले उद्योगको आवश्यकताअनुसार दक्ष कर्मचारीहरु नभएकोले एक्सेलले आवश्यकता र माग अनुसारको कर्मचारी पूर्ति गर्ने विश्वास लिएको छु।’ 

यी पाठ्यक्रममा अध्ययन गर्ने विद्यार्थीले द ब्रिटिस कलेज (टीबीसी)को अत्याधुनिक किचन, रेस्टुरेन्ट र बारको फाइदा लिन सक्नेछन्। बीएससी (हन्स) हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमका विद्यार्थीहरुले पनि सोही किचनको प्रयोग गर्दै आइरहकेका छन्।

हस्पिटालिटी क्षेत्रका विशेषज्ञहरुले निर्माण गरेको सिटी एन्ड गिल्ड्स पाठ्यक्रमहरु उद्योगको आवश्यकता परिपूर्ति गर्नको लागि डिजाइन गरिएको हो। यी कोर्षहरुले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सीपहरु प्रदान गर्नेछ। उत्कृष्ट सिकाईको कारण प्रशिक्षार्थीहरुले नेपाल तथा विदेशमा राम्रो रोजगारीको अवसर प्राप्त गर्ने विश्वास एक्सेलले लिएको छ।