काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिसम्म २ करोड ९४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १८ करोड ११ लाख घाटा व्यहोरेको थियो।
कोभिड महामारीको प्रभावका कारण व्यवस्था प्रभावित भएको कम्पनीले जनाएको छ। यद्यपि समीक्षा अवधिको अन्तिम महिनादेखि कोभिड संक्रमण कम हुँदै गएकाले घाटामा कमी आएको कम्पनीले जनाएको छ।
यो अवधिसम्म कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी १७ करोड ४२ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको अन्य स्रोतबाट २० लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ।
चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ४४ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भ ३२ करोड ८ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि १.९२ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ११.८१ रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको प्रतिसेयर नेटवर्थ ७०.७० रुपैयाँ रहेको छ।
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago