काठमाण्डौ। विश्वको सबैभन्दा ठूलो लोकप्रिय डिजिटल मुद्रा बिटक्वाइनको मूल्य गत जनवरीपछिकै न्यून विन्दुमा पुगेको छ।
अमेरिकी सेयर बजारमा गिरावट आएसँगै बिटक्वाइनको मूल्यमा आज ३ प्रतिशतले घट्दै ३३५९४.५० अमेरिकी डलरमा झरेको छ। सन् २०२१ नोभेम्बरमा ६८९९०.९० अमेरिकी डलर रहेको बिटक्वाइनको मूल्य ५० प्रतिशतले घटेर ३३५९४.५० डलरमा सीमित भएको छ।
डोउ जोन्स इन्डस्ट्रियल एभरेज गत बिहीबार १००० अंक र नास्डक ५ प्रतिशतले घटेसँगै बिटक्वाइनको मूल्यमा गिरावट आएको हो। डोउ जोन्स र नास्डकमा शुक्रबार पनि गिरावट आएको थियो। –एजेन्सी
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago