काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर रहेको डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेस र कांग्रेस वीपीबीच कडा टक्कर देखिएको छ । 

गन्यापधुरा गाउँपालिकामा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले ५०० मतसहित अग्रता लिएका छन् । 

उनलाई नेपाली कांग्रेस (वीपी)बाट अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर मालीले २७६ मतसहित पछ्याइरहेका छन् । 

उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मतसहित अग्रता लिएकी छिन् ।  उपाध्यक्षमा भने एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मतसहित कांग्रेस उम्मेद्वारलाई पछ्याइरहेका छन् । 

यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (वीपी) र एमालेले चुनावी तालमेल गरेका थिए ।