काठमाण्डौ । कांग्रेसको  अग्रतालाई तोड्दै काठमाण्डौका चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेका उम्मेद्वारले आग्रता लिन थालेका छन्। 

मेयरमा एमालेका उम्मेद्वारले ३१० मतसहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका मेयरका उम्मेद्वारले २८९ मत पाएका छन्।

यो नगरमा राप्रपाबाट मेयरका उम्मेद्वारले २४ मत पाएका छन् । 

यसैगरी, उपमेयर पदमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेबाट उपमेयरका उम्मेद्वारले ३२३ मत पाएका छन्।  उपमेयरमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ८३ मत पाएका छन्। राप्रपाले २६ मत पाएको छ ।