काठमाण्डौ । सर्वाधिक चर्चामा रहेको काठमाण्डौ महानगरपालिकाको मतगणना सुरु भए पनि परिणाम आउन ढिलाई भइरहेको छ । 

काठमाण्डौमा मेयर उपमेयर पदका उम्मेद्वार धेरै रहेका कारण मतपरिणाममा ढिलाई भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । 

मतगणनामा खटिएका कर्मचारीहरुका अनुसार एउटा मतपत्र गणना गर्न १० मिनेटभन्दा बढी समय लागिरहेको छ । यसर्थ समेत मतगणना सुरु भएको डेढघण्टासम्म पनि निकै थोरै मत मात्र गणना भएको छ । 

काठमाण्डौ महानगरपालिकाको वडानम्बर १ र ३२ बाट मतगणना थालिएको हो । यी दुई वडामा हालसम्म ७५ मत मात्र गनिएको छ । 

यी दुवै वडामा हालसम्म गनिएको मतअनुसार मेयरका स्वतन्त्र उम्मेद्वार बालेन साह अगाडि देखिएका छन् । उनले २२ मत ल्याएका छन् । 

कांग्रेसकी सिर्जना सिंहले १९ मत ल्याएकी छिन् भने एमालेका केशव स्थापितले १३ मत मात्र ल्याएका छन् ।