काठमाण्डौ । सर्वाधिक चर्चामा रहेको काठमाण्डौ महानगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार मेयरमा बालेन्द्र(बालेन) शाहले अग्रता लिइरहेको बेला उपमेयरमा सुनिता डंगोलको अग्रता निकै फराकिलो देखिएको छ । 

कुल ७५ मत गनिसक्दा एमालेबाट उपमेयरको उम्मेद्वार सुनिता डंगोल एक्लैले ५२ मत ल्याएकी छिन् । उनको अगाडि उपमेयरका अन्य प्रतिस्पर्धी निकै पछाडि देखिएका छन् । 

सुनिता डंगोल चुनावी माहौलको सुरुवातमा उपमेयरमा स्वतन्त्र उम्मेद्वारी दिएकी थिइन् । पछि नेकपा एमालेले उनलाई उपमेयरको टिकट दिएको थियो । 

प्रारम्भिक रुझान अन्तसम्म कायमै रहने हो भने काठमाण्डौ महानगरपालिकाले यसपटक मेयर र उपमेयरमै युवा पाउने सम्भावना देखिन्छ । 

मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता लिइरहेका छन् ।