काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा ३०० मतको गणना सकिएको छ । ३०० मत गनिसक्दा बालेन शाह र सिर्जना सिंहबीच निकै कडा टक्कर देखिएको छ । 

बालेन शाहले ७२ मतसहित अग्रता लिएका छन् भने उनलाई सिर्जना सिंहले ७० मतसहित पछ्याइरहेकी छिन् । 

शाह मेयरका स्वतन्त्र उम्मेद्वार हुन् भने सिंह कांग्रेसकी उम्मेद्वार हुन् ।

एमालेका मेयर पदका उम्मेद्वार केशव स्थापितले ५९ मत ल्याई तेश्रो स्थान बनाएका छन् । मेयरका अर्का स्वतन्त्र उम्मेद्वार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन् । 
काठमाण्डौको मतगणना वडा नम्बर १ र ३२ बाट सुरु गरिएको थियो । यी दुवै वडा एमाले समर्थितहरुको वडा रहेको बताइन्छ ।