काठमाण्डौ । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । 

भर्खरै प्राप्त जानकारीअनुसार  शाहले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मतसहित पछ्याइरहेका छन् । यसअघि बालेनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंह ८७ मतसहित तेश्रो स्थानमा छिन् । मतगणना जारी छ । 

यसैबीच, शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसको ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् । 

समर्थकहरूले बालेन शाह एउटा अभियान भएको भन्दै उनको अभियानमा आम जनता सहभागी भइरहेको बताएका छन् । बालेन शाहको अग्रताले देशभर नै तरंग ल्याइरहेको उनीहरूको तर्क छ ।