काठमाण्डौ । काठमाण्डौका ४ वटा नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारले अग्रता लिएका छन् । 

कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रतालाई उल्टाउँदै एमालेले अहिले अग्रता लिन थालेको छ । 

यो नगरपालिकामा एमालेबाट मेयर पदका उम्मेद्वार रामशरण ढुंगानाले ५३४ मतसहित अग्रता लिएका छन् ।

उनलाई कांग्रेसका उपेन्द्र कार्कीले ४५२ मतसहित पछ्याइरहेका छन् । नेकपा एसका कृष्णहरि थापाले २७ मत प्राप्त गरेका छन् । 

उपमेयरमा एमालेकै उम्मेद्वार शान्ता थापा ४०२ मतसहित अगाडि छिन् । उनलाई माओवादी केन्द्रका भोला चापागाईले १४१ मतसहित पछ्याइरहेका छन् । नेकपा एसबाट उपमेयरका उम्मेद्वार सरस्वती नेपालले ३७ मत प्राप्त गरेकी छिन् । 

काठमाण्डौको गोकर्णेश्वर नगरपालिकामा पनि एमालेकै उम्मेद्वारले अग्रता लिएका छन् । 

मेयरमा एमालेका उम्मेद्वार उद्धव बिष्ट ११६७ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका दीपककुमार रिसालले  ११०२ मतसहित पछ्याइरहेका छन् । नेकपा एसका गोपालप्रसाद बरालले १०९ मत पाएका छन् । 

उपमेयरमा पनि एमालेकै अग्रता छ । एमाले उम्मेद्वार सान्नानी लामाले १२०७ मत प्राप्त गरेकी छिन् । कांग्रेसकी शान्ता नेपालले ९९१ र नेकपा माओवादी केन्द्रकी पेमा छिरी शेर्पाले २११ मत ल्याएका छन् । 

टोखा नगरपालिकामा पनि एमालेकै उम्मेद्वार अगाडि छन् । एमालेबाट मेयर पदका उम्मेद्वार प्रकाश अधिकारी ८९२ मतसहित अगाडि छन् ।

कांग्रेसकी रजनी थापाले ७०८ मतसहित उनलाई पछ्याइरहेकी छिन् भने माओवादी केन्द्रका शेखर श्रेष्ठले १६२ मत पाएका छन् । 

उपमेयरमा पनि नेकपा एमालेका उम्मेद्वार ज्ञानमाया डंगोल नै अगाडि छिन् । उनले ४३२ मत प्राप्त गरेकी छिन् । उनलाई नेपाली कांग्रेसका मुरारी तामाङले ३६३ मतसहित पछ्याइरहेका छन् । माओवादी केन्द्रबाट उपमेयरकी उम्मेद्वार यमूना पूडासैनी(अधिकारी)ले १२७ मत पाएकी छिन् । 

यसैगरी, काठमाण्डौको शंखरापुरा नगरपालिकामा पनि एमालेकै अग्रता छ । मेयर पदका उम्मेद्वार कृष्णलाल बजगाई १२३ मतसहित अगाडि छन् । उनलाई नेकपा एसका उम्मेद्वार लक्ष्मीप्रसाद श्रेष्ठले ९० मतसहित पछ्याइरहेका छन् । यहाँ माओवादी केन्द्रका मधु केसीले ४४ तथा राप्रपाका रमेश नापितले ४० मत पाएका छन् । 

उपमेयरमा भने गठबन्धनको तर्फबाट कांग्रेस उम्मेद्वार समिता श्रेष्ठले ११५ मतसहित अग्रता लिएकी छिन् । एमालेकी लक्ष्मी केसीले ८७ मतसहित उनलाई पछ्याइरहेकी छिन् । माओवादी केन्द्रकी चण्डिका चौलागाईले ५४ र राप्रपाकी विजयकुमारी वाइवाले ३२ मत पाएका छन्। 

काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकामा पनि एमाले उम्मेद्वारले फराकिलो मतान्तरले अग्रता लिएका छन् । 

मेयर पदका उम्मेद्वार मिठाराम अधिकारीले ७८७ मतसहित अग्रता लिएका छन् । उनलाई कांग्रेसका विनोद चालिसेले ४२८ मतसहित पछ्याइरहेका छन् । 

मेयरमा नेकपा एसका बालकृष्ण श्रेष्ठले १२७, स्वतन्त्र उम्मेद्वार सुमित खरेल ३८ र माओवादी केन्द्रका डम्बरप्रसाद अधिकारीले २२ मत पाएका छन् । 
उपमेयरमा पनि एमालेकै उम्मेद्वारको अग्रता रहेको छ । अनिता लामाले ८१२ मतसहित अग्रता लिएकी हुन् । 

कांग्रेसकी रमिला वाग्ले ४५३ मतसहित दोश्रो स्थानमा छिन् भने माओवादी केन्द्रकी कमला गौतमको ३० मत मात्र आएको छ । नेकपा एसकी प्रमिला सापकोटाले ७२ मत र राप्रपाकी चम्पादेवी अधिकारीले १६ मत ल्याएका छन् ।