काठमाण्डौ । नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकाको उपमेयरकी उम्मेद्वार सुनिता डंगोलले प्रतिद्वन्द्वीभन्दा निकै ठूलो मतान्तरले अग्रता लिएकी छिन् । 

प्राप्त ताजा जानकारीअनुसार डंगोलले निकटम प्रतिद्वन्द्वी राप्रपाको उम्मेद्वारभन्दा करिब ५ गुणा बढी तथा गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेद्वारभन्दा करिब ९ गुणा बढी मतसहितको अग्रता बनाएकी हुन् । 

काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना भइरहँदा डंगोलले ३९५ मत प्राप्त गरेकी छिन् । जबकि राप्रपाकी विनिता मगैयाले ८५ मत तथा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४१ मत मात्र प्राप्त गरेका छन् । 

मतगणना जारी छ ।