काठमाण्डौ । जनस्तरबाट व्यापक विरोध भई निर्वाचनको मत परिणाममै नकारात्मक प्रभाव पर्ने विश्लेषणसहित बसेको सरकारले डिजेल र पेट्रोलको मूल्य एकैपटक ह्वात्तै बढाएको छ । 

सरकारले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा एकैपटक १० रुपैयाँ बढाएको हो । 

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

नेपाल आयल निगमले एकैपटक बढाई कायम गरेको नयाँ मूल्य आजै मध्यरातिदेखि लागू हुने जनाएको छ ।