काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन्।
कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यावसायिक उडानसहित अवतरण गरेपछि यो विमानस्थलको प्रधानमन्त्री देउवाले औपचारिक उद्घाटन गरेका हुन्। जजिरा एयरलाइन्सले अवतरण गर्नुअघि नेपाल वायुसेवा निगमको जहाज विमानस्थलमा अवतरण गरेको थियो।
विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगमको पहिलो जहाज बिहान ६ः५५ बजे र जजिराको जहाज ७ः०८ बजेमा अवतरण गरेका हुन्। योसँगै नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान प्रारम्भ भएको छ।
उद्घाटन कार्यक्रममा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाँण, पर्यटनमन्त्री प्रेम आलेलगायत पुगेका छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago