काठमाण्डौ । बिटक्वाइनका बारेमा छलफल गर्न नेपाल राष्ट्र बैंकको एक टोली एल साल्भाडोर पुगेको छ।
विश्वभरका ४४ मुलुकका केन्द्रीय बैंक र वित्तीय अधिकारीबीच सेल्ट्रल अमेरिकी राष्ट्र एल साल्भाडोरमा वित्तीय समावेशीकरण, डिजिटल इकोनोमीका साथै बिटक्वाइनका विषयमा छलफल हुने बताइएको छ।
एल साल्भाडोरका ४३ औँ राष्ट्रपति नयिब बुकेलेका अनुसार भोलि हुने उक्त छलफलमा नेपालसहित अन्य ३२ वटा मुलुकका केन्द्रीय बैंक र १२ वटा वित्तीय संस्थाका अधिकारीहरुको उपस्थिति हुनेछ।
बुकेलेले ट्विटरमा भोलि हुने छलफलमा बिटक्वाइन, डिजिटल इकोनोमीलगायतले मुलुकलाई हुने फाइदाबारे छलफल गरिने बताएका छन्।
एल साल्भाडोर बिटक्वाइनलाई मुद्राका रुपमा कानुनी मान्यता दिने विश्वकै पहिलो देश पनि हो।
9 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago