काठमाण्डौ । महालक्ष्मी विकास बैंकले जेठलाई आफ्नो २८ औँ वार्षिकोत्सव महिनाका रुपमा मनाउने क्रममा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखामार्फत रक्तदान कार्यक्रम गरेको हो।

बैंकले ३१ वटा शाखामार्फत बीचबजार ८२, खुर्रखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टिकापुर ४६, हेटौंडा ४४, नेपालगञ्ज ४२, थापाथली ४०, महाराजगंज ३८, पुतलिसडक ३८, धनगढी ३६, डडेल्धुरा ३५, भक्तपुर ३२, डल्लु ३१, कावासोती ३१, भाटभटेनी ३०, दरबारमार्ग ३०, जनकपुर २९, भैरहवा २८, तिनचुली २८, झम्सीखेल २७, शंखमुल २७, न्यूरोड काठमाडौं २७, कालिमाटी २६, टाँडी २३, मैतिदेवी २१, कुमारीपाटी १९, इटहरी १९, परासी १८, महेन्द्रनगर १५ र रुपनी १५ गरी कुल १०२८ पिन्ट रगत संकलन गरेको छ। यो संख्या बैंक तथा वित्तीय संस्थाहरुमार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको बैंकको दाबी छ। 

स्वास्थ्य क्षेत्रमा अभावका रुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट थप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु आउदा दिनहरुमा पनि प्रभाकारी रुपले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ।