काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित लगभग पक्का भएको छ।
हालसम्मको मतगणनाअनुसार बालेनले ५४ हजार ७१८ मत ल्याएका छन्। उनले आफ्ना निकटम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहलाई २० हजार ११० मतले पछाडि पारेका छन्। सिंहले ३४ हजार ६०८ मत ल्याएकी छन्।
काठमाण्डौ महानगरपालिकामा १ लाख ६८ हजार ४८७ मत गनिसकिएको छ। अब २२ हजार ५६४ मतमात्र गन्न बाँकी छन्। गन्न बाँकी ५ वटा वडामा पनि एउटामा बाहेक सबैमा बालेनले नै अग्रता लिइरहेका छन्। यो हिसाबले बालेनको जित लगभग पक्का भएको हो।
महानगरको मेयर उम्मेदवार एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्। उनले ३३ हजार ९७५ मत ल्याएका छन्।
10 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
15 hours ago
15 hours ago
15 hours ago