काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पुँजीवृद्धिको योजनाअनुसार संस्थापक सेयरधनीहरुबाट थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार (जेठ १० गते) बसेको बैठकले संस्थापक सेयरधनीहरबाट लगानीको थप ५० प्रतिशत रकम माग गर्ने निर्णय गरेको हो। सोही निर्णयबमोजिम कम्पनीले आज एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीहरुबाट लगानीको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ।
कम्पनीको गत वैशाख १५ गते बसेको विशेष साधारणसभाले अधिकृत, चुक्ता र जारी पुँजी वृद्धि गरी कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने निर्णय गरेको थियो। सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख भइसकेको कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले पुँजीवृद्धि योजना बीमा समितिमा पेस गरेको थियो। उक्त योजना बीमा समितिले स्वीकृत गरेसँगै कम्पनीले तीव्रगतिमा पुँजीवृद्धि योजनालाई कार्यान्वयनको बाटोमा लगेको छ।
सोही योजनाअनुसार संस्थापक सेयरधनीहरुबाट लगानी थप ५० प्रतिशत माग गरिएको कम्पनीले जनाएको छ।
संस्थापक सेयरधनीले कम्पनीको वेबसाइटमा उपलब्ध सेयर लगानी फाराम भरी थप लगानीबापतको रकम कम्पनीको नाममा रहेका सिद्धार्थ बैंक हात्तिसार शाखामा रहेको बैंक खाता ००११५४९२३४०, एनआईसी एसिया बैंक थापाथली शाखामा रहेको बैंक खाता ५४४१०००७४४८५२४०२ र माछापुच्छ्रे बैंक लाजिम्पाट शाखामा रहेको बैंक खाता ९९९००५३९६७७०००१७ मा जम्मा गर्न सकिने कम्पनीले जनाएको छ। रकम जम्मा गरिएको भाउचर असार ९ गतेभित्र काठमाण्डौको कमलपोखरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन पनि आग्रह गरिएको छ।
4 minutes ago
13 minutes ago
30 minutes ago
40 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago