काठमाण्डौ । एलन मस्कले आफ्नो इलेक्ट्रिक कार कम्पनी टेस्लामा कार्यरत कर्मचारीहरुका कडा उर्दी जारी गरेका छन्। 

अहिले सामाजिक सञ्जालमा टेस्लासँग जोडिएको एउटा मेल लिक भएको छ। जसमा कोरोनाका कारण सुरु भएको वर्क फ्रम होम अन्त्य गर्ने घोषणा गरिएको छ। 

मेलमा कर्मचारीलाई कम्तीमा साताको ४० घन्टा अफिसमा आएर काम गर्न लेखिएको छ। अर्थात टेस्ला कम्पनीमा यदि ५ दिन काम हुन्छ र बाँकी २ दिन बिदा हुन्छ भने यस्तोमा ५ दिनको हिसाबले दिनको करिब ८ घन्टा काम अफिसबाट गर्नुपर्ने हुन्छ। 

लिक भएको मेल मस्कले कर्मचारीहरुलाई लेखेको दाबी गरिएको छ। मेलमा पनि मस्कको नाम उल्लेख छ। 

मेलमा मस्कले कर्मचारीलाई या त अफिसमा आएर काम गर्न वा टेस्ला छाड्न निर्देशानात्मक उर्दी जारी गरेका छन्। 

मेलमा अन्य कुनै टाढा रहेको शाखा कार्यालयमा नभई टेस्लाको मुख्य कार्यालयमै आई काम गर्नुपर्ने उल्लेख छ। –एजेन्सी