काठमाण्डौ । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सहवितरण शोरुम खोलेको छ। 

डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न बिहीबार सञ्चालन ल्याइएको यो शोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ। शोरुम उद्घाटनमा डिशहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर निर्मल आर्चाय र सेल्स अफिसर कमल रिमाले उपस्थिति थियो भने डिलरका तर्फबाट र डिलरका म्यानेजर जगदीश भट्टकोे उपस्थिति थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएका नवदुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ।

३०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका नवदुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने सञ्चालकले जानकारी दिए।