काठमाण्डौ । सेयर लगानीकर्ताहरुले विभिन्न १९ बुँदे माग राखी हिजोबाट आन्दोलनको घोषणा गरेका छन् । 

घोषित आन्दोलनका कार्यक्रम हिजोदेखि सुरु गरेका उनीहरुमाथि आज भने नेपाल स्टक एक्सचेञ्ज(नेप्से) अगाडि प्रहरीको हस्तक्षेप भएको छ । 

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न र आफूहरुको माग पूरा गराउनका लागि सरोकारवाला निकायमार्फत सरकारलाई दवाब दिन त्यहाँ भेला भएका निहत्था लगानीकर्तामाथि प्रहरीले धरपकड गरेको हो । 

धरपकडका क्रममा केही लगानीकर्तामाथि प्रहरीले हातपात समेत गरेको थियो । 

शान्तिपूर्ण रुपमा आफ्ना माग प्रस्तुत गर्न, शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउनु लोकतान्त्रिक अधिकार हो । तर, निहत्था लगानीकर्ताको यही अधिकारमाथि फेरि पनि सरकारले बन्दूकको बलमा हस्तक्षेपको प्रयास गरेको छ । 

पूर्व घोषित र पूर्व निर्धारित कार्यक्रममा लगानीकर्ता भेला हुन दिएर फेरि विरोध प्रदर्शन गर्न निषेधित क्षेत्र हो भन्दै धरपकड गर्नुले राज्य लगानीकर्ताको आवाजप्रति अनुदार छ भन्ने कुरा पनि प्रमाणित हुन्छ । 

यो कदमको लगानीकर्ताहरुले भत्र्सना गरेका छन् । 

नेप्सेमा लगानीकर्ताले आज गरेका प्रदर्शन, धरपकड र त्यसपछिको अवस्थाका विषय बुझाउने फोटोहरु: