काठमाण्डौ। रुस र युक्रेनबीच युद्ध भएको १०० दिनभन्दा बढी भइसकेको छ। तर, युद्ध कहिले टुंगिन्छ भन्ने कसैलाई थाहा छैन।
यो युद्धबीच रुस तेल बेचेरै मालामाल भएको छ। युक्रेनसँग चलिरहेको युद्धको बीचमा रुसले १०० दिनमा जीवाश्म इन्धनको निर्यातबाट ९८ अर्ब डलर कमाएको छ।
युरोपेली युनियन (ईयू)ले अधिकांश जीवाश्म इन्धन रुसबाट आयात गर्छ। युक्रेनविरुद्ध युद्ध छेडेको भन्दै पश्चिमा राष्ट्रहरुले रुसमाथि धेरै प्रतिबन्ध लगाएका छन्। यद्यपि रुसले इन्धन निर्यातबाट उत्कृष्ट आम्दानी गरेको छ।
फिनल्यान्डमा आधारित सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर (सीआरईए)को रिपोर्ट अनुसार यो महिनाको सुरुमा ईयूले रुसबाट ठूलो मात्रामा तेल निर्यात रोक्न सहमत भएको थियो।। यद्यिप ईयू सबैभन्दा बढी रुसको इन्धनमा निर्भर छ। तर, प्रतिबन्धले २०२२ मा रुसबाट ग्यास निर्यात दुई तिहाइले घटाउने लक्ष्य राखेको छ।
रिपोर्टका अनुसार ईयूले युद्धको पहिलो १०० दिनमा रुसको जीवाश्म इन्धन निर्यातको ६१ प्रतिशत खरिद गरेको थियो। यो लगभग ५७ बिलियन युरो (६० बिलियन डलर)को हुन आउँछ।
ईयूपछि चीनले सबैभन्दा बढी इन्धन रुसबाट किनेको छ। चीनले १२.६ अर्ब युरो, जर्मनीले १२.१ अर्ब युरो र इटालीले ७.८ अर्ब युरोको इन्धन खरिद गरेको छ।
यसअघि रुसले जीवाश्म इन्धन बेचेर ४६ बिलियन युरो कमाएको थियो। त्यसपछि ग्यास पाइपलाइन, तेल उत्पादन, एलएनजी र कोइलाको आयातबाट आम्दानी गथ्र्यो। तर, मे महिनामा रुसबाट हुने निर्यात घटेको छ।
धेरै कम्पनीले रुसबाट निकासी गर्न बन्द गरे पनि चीन, भारत, युएई र फ्रान्सजस्ता देशले रुसबाट आयात बढाएका छन्।
रुसको औसत निर्यात मूल्य गत वर्षको तुलनामा यस वर्ष झन्डै ६० प्रतिशतले बढी रहेको सीआरईएले जनाएको छ। ईयूले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने विचार गरिरहेको छ। फ्रान्सले विश्वमा एलएनजीको सबैभन्दा ठूलो खरिदकर्ता बन्न आफ्नो आयात बढाएको छ।
युक्रेनसँगको युद्धपछि रुसले कच्चा तेलमा छुट दिने घोषणा गरेको थियो। यसबाट युरोपेली देशले सबैभन्दा बढी फाइदा उठाएका छन्। रुसले विश्वव्यापी बेन्चमार्कको तुलनामा ३० प्रतिशत कम दरमा कच्चा तेल बिक्री गर्ने बताएको थियो। ईयूले आफ्नो तेल आयातको २७ प्रतिशत रुसबाट पाउँछ। युद्ध र प्रतिबन्धका बाबजुद युरोप रुसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ। – एजेन्सी
1 minute ago
22 minutes ago
33 minutes ago
42 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago