–रेखा चन्द
काठमाण्डौ । पुँजीबजार सुधार र विकासका गठित पुँजीबजार सुधार संघर्ष समितिले लेखेको पत्र नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दर्ता गर्न अस्वीकार गरेको छ।
सेबोन अध्यक्ष रमेशकुमार हमालद्वारा हिजो बुधबार प्रेषित पत्रमा लगानीकर्ताका एकीकृत १९ बुँदे माग सम्बोधन गर्नका लागि समस्या समाधान समिति गठन गरिनेछ भन्ने उल्लेख छ। पत्रमा आन्दोलन र आमरण अनशन अन्त्य गरेपछि मात्र उक्त समिति गठन हुने अडान लिइएको छ।
सेबोनको यही अडान अस्वीकार गर्दै संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज पठाएको पत्र सेबोनको दर्ता शाखाले दर्ता गर्न अस्वीकार गरेको छ। लगानीकर्ताले पठाएको पत्र सेबोनका एक गार्डले दर्ता गर्न भनी दर्ता शाखामा गएका थिए। तर, दर्ता गर्न नमानेको ती गार्डले पत्र फेरि लगानीकर्तालाई फिर्ता गरिदिएका छन्।
कोइरालाद्वारा प्रेसित पत्रमा पहिले समिति गठन गर्नुपर्ने अडान लिइएको छ। त्यसपछि लगानीकर्ताले उठाएका माग बुँदागत रुपमा समयसीमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछि मात्र आफूले अनशन तोड्ने स्पष्ट पारेका छन्।
सेबोनका एक उच्च अधिकारीले सेबोन अध्यक्ष हमालद्वारा हिजो प्रेषित पत्रअनुसार अगाडि बढ्न लगानीकर्ताहरुसँग आग्रह गरिएको हुन सक्ने बताए। ‘अरु केही द्विविधा छैन’, ती अधिकारीले भने।
कोइरालाले गत असार १ गतेदेखि सेबोनबाहिर आमरण अनशनमा बसेका छन्। आज अनशनको नवौँ दिने हो।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago