काठमाण्डौ । नयाँ आर्थिक वर्षबाट पेट्रोल पम्पहरुले उधारोमा इन्धिन बिक्री नगर्ने भएका छन्।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको निर्णयबमोजिम पेट्रोल पम्पहरुले उधारो कारोबार बन्दी गर्ने भएका हुन्।
पेट्रोल पम्पहरुले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गर्दै आएका छन्। तर, ती खरिदकर्ताहरुले पहिलेको उधारो रकम नतिरी फेरि अर्को पेट्रोल पम्पहरुमा गएर उधारोमा इन्धिन किन्ने गरेको पाइएकोले एसोसिएसनले उधारो कारोबार बन्द गर्न पेट्रोल पम्पहरुलाई आग्रह गरेको हो।
यसैरी एसोसिएसनले यसअघि एउटा पेट्रोल पम्पसँग लिइएको उधारो भुक्तानी नगरी अर्को पेट्रोल पम्पबाट पुनः उधारोमा कारोबार गर्ने वा लामो समयदेखि उधारो रकम भुक्तानी समेत नगर्ने खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुको विवरण एक महिनाभित्र एसोसिएसनमा उपलब्ध गराउन सम्पूर्ण सदस्य बिक्रेताहरुलाई जानकारी गराइएको छ।
त्यस्ता खरिदकर्ताहरुलाई पुरानो पेट्रोल पम्पको बाँकी बक्यौता चुक्ता नगरेसम्म कालो सूचीमा राखी नाम सार्वजनिक गर्ने र राज्यभरिका कुनै पनि पेट्रोल पम्पहरुबाट नगदमा समेत पेट्रोलियम पदार्थ उपलब्ध नगर्न नगराउन एसोसिएसनले आज एक सूचना प्रकाशित गरी बिक्रेताहरु एवं सरोकारवाला सबैलाई आग्रह गरेको छ।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
16 hours ago