काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रेको भकुण्डेबेसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोगस्वरुप ११ थान कुर्सी र १ थान टेबुल हस्तान्तरण गरेको छ।

काभ्रेको नमोबुद्घ नपा–७ स्थित समितिलाई खानेपानी कार्यालय सञ्चालनका लागि बैंकको भकुण्डेबेसी शाखा कार्यालयका प्रमुख विनोद गिरीले संस्थाका अध्यक्ष उद्घवप्रसाद हुमागाईंलाई उक्त सामान हस्तान्तरण गरेका हुन्। गिरीले भकुण्डेबेसी क्षेत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए।

कार्यक्रममा बैंकका शाखा प्रवन्धक गिरी र उपभोक्ता समितिका तर्फबाट अध्यक्ष हुमागाईं र सदस्यहरु वसुनारायण श्रेष्ठ, भीमकुमार मैनाली तथा अन्य सदस्यसहित करिब ३५ जनाको उपस्थिति रहेको थियो। उपभोक्ता समितिमा हाल करिब ८०० उपभोक्ता सदस्य छन्।

हाल बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ।