काठमाण्डौ । आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नसंसदीय विशेष समिति गठन भएको छ। 

प्रतिनिधिसभाको बुधार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका हुन्। समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन्।

समितिले छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेस गर्नुपर्ने समयसीमा दिइएको छ।