काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन्। 

अर्थमन्त्री शर्माले बुधबार संघीय संसदमा बजेट निर्माण प्रक्रियामा उठेका विवादका विषयमा जानकारी दिँदै राजीनामा दिएका थिए। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दररेटमा हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए।

अर्थसचिव बिदा छोट्याएर बिहीबार मन्त्रालय हाजिर भएको बताइएको छ। उनले बुधबार मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर बिदामा बसेका थिए।

अर्थसचिव मरासिनीले श्रीमती बिरामी भएपछि आफू बिदामा बस्न लागेको जानकारी गराएका थिए।