काठमाण्डौ । सेयर लगानीकर्ताहरुले आज साँझ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध प्रदर्शन गर्ने भएका छन्। 

राष्ट्र बैंकजस्तो स्वायत्त निकायको उच्च पद गभर्नरमा बसेका अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको विरोधमा सेयर लगानीकर्ताहरुले प्रदर्शन गर्ने भएका हुन्। यसका लागि साँझ ४ः३० माइतीघरमा भेला हुन सेयर लगानीकर्ताका साथै सम्पूर्ण देशभक्त आमनागरिकलाई आग्रह गरिएको स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बताए। 

सरकारको ढुकुटीको चाबी बोकेर प्रतिपक्षको ईशारामा चल्ने व्यक्तिमाथि तत्काल कारबाही हुनुपर्ने कार्कीले बताए। ‘राष्ट्र बैंकको गभर्नरजस्तो संवेदनशील पदमा दलका झोले व्यक्ति बसिरहन मान्य हुँदैन’, उनले भने, ‘सरकारलाई असफल देखाउन र राष्ट्र नै असफल बनाउनका लागि अधिकारी लागिपरेका छन्, यस्ता व्यक्तिलाई तत्काल गभर्नरबाट हटाएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ।’

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा सदस्यका रुपमा रहेको समाचार बिजशालाले मंगलबार प्रकाशित गरेको थियो। 

यससम्बन्धी थप समाचारहरु–

१. गभर्नर अधिकारी एमालेको अर्थ विभागमा सदस्य रहेको खुलासा, विज्ञ भन्छन्-‘तत्काल राजीनामा दिनुपर्छ’

२.कुनै पार्टी राजनीतिमा नरहेको गभर्नरको प्रष्टोक्ति, एम। अधिकारी नामको नेता एमालेमा अरु भेटिएनन्