काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवको उपलक्ष्यमा वृक्षरोपण कार्यक्रम गरेको छ।

संस्थाले बुधबार तनहुँको बन्दीपुर गाउँपालिका–१ छपेली सामुदायिक वन (खण्ड ५)मा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक वन क्षेत्रमा संस्थाले विभिन्न प्रजातिका बोटबिरुवा रोपेको थियो।

वृक्षरोपण कार्यक्रमको अध्यक्षता सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले गरेका थिए। 

कार्यक्रममा संस्थाका कर्मचारी, स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका उपभोक्ता, प्रहरी कर्मचारी, टोल विकास संस्था र सिर्जनशील आमा समूहका प्रतिनिधिहरुको सहभागिता थियो।