काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ बिहीबार भने उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले उकालो लागेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
13 hours ago
14 hours ago