काठमाण्डौ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ।

यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने अवसर पाउनेछन्। 

यसै क्रममा सुक्लाफाँटा नगरपालिका-१ का रमेश पन्तले रु. १ लाख जितेका छन्। केदार ट्रेडिङको डिलरअन्तर्गत रहेको झलारी कञ्चनपुरका सहबितरक संगम ट्रेडर्स सप्लायर्सका डिलरदाइ केपी पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए। 

डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राइटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमालले विजेता पन्तलाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए। 

डिशहोम डीटीएचका ग्राहकले यो योजनामा सहभागी जनाई लाभ लिनेमा कम्पनीको विश्वास छ। 

लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिनेछ।