काठमाण्डौ । प्रदेश नं २ को धनुषास्थित जानकी मेडिकल कलेजले इन्स्टिच्युट अफ मेडिसिन (आईओएम)को ५० औँ वार्षिकोत्सवका अवसरमा ओपीडीलगायत अन्य केही स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने भएको छ। 

वार्षिकोत्सवका अवसरमा साउन महिनाभरि आन्तरिक चिकित्सा, शल्य चिकित्सा, स्त्री रोग, बाल रोग, आँखा, नाक कान घाँटी, अर्थोपेडिक्स, दन्त चिकित्सा, मनोचिकित्सा, चर्म अनि पिसाबका बिरामीहरूलाई निःशुल्क ओपीडी सेवा प्रदान गर्ने भएको हो। त्यसबाहेक, जानकी मेडिकल कलेजले ल्याब परीक्षण, रेडियोलोजी, आईसीयू, एनआईसीयूमा र वार्डको शुल्कमा पनि २५ प्रतिशत छुट दिने भएको छ। 

त्यतिमात्र नभएर जानकी मेडिकल कलेजले आफ्नो २४ घन्टा उपलब्ध एम्बुलेन्स सेवा पनि यो श्रावण महिनाभरि निःशुल्क बनाएको छ।

जानकी मेडिकल कलेजको अनुभवी डाक्टर प्रियंका शर्माले  आईओएमसँग आबद्ध भएर अगाडि बढ्नु गौरवको कुरा भएको बताइन्। आईओएमले अहिलेसम्म प्रदान गर्दै आएको साथ र सहयोगले आफूहरुमा ऊर्जा भरेको उनको भनाइ छ। 

प्रदेश नं २ को धनुषास्थित जानकी मेडिकल कलेज स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरु स्थापित गर्ने लक्ष्य लिएर अघि बढिरहेको संस्था हो।