काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन्।
नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै एम. अधिकारी प्रकरणका कारण विवादमा तानिएका महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै चरणबद्ध कार्यक्रम गर्ने जनाएको हो। यद्यपि एम अधिकारी गभर्नर रहेको दाबी गर्दै यसअघिदेखि नै उनीहरु आन्दोलनरत रहेका छन्।
महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएको आरोप उनीहरुको छ।
यस्तै सेयर कारोबार, क्रिप्टोकरेन्सीजस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अनैतिक व्यक्तिबाट राजीनामाको अपेक्षा गर्नु मूर्खता हुनेछ, त्यसकारण नेपाल सरकारसमक्ष अवैध गभर्नर वर्खास्तीको जोडदार माग गर्दै संयुक्त विद्यार्थी संगठन निम्न संघर्षका कार्यक्रमको घोषणा गर्दछौँ।’
यस्ता छन् चरणबद्ध आन्दोलनका कार्यक्रम
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago