– रेखा चन्द
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीतिको ब्रिफिङका लागि आज नेपाल राष्ट्र बैंकलाई समय दिएका छन्।
जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको ब्रिफिङ गर्नेछन्। एम अधिकारी प्रकरणमा मुुछिएपछि गभर्नर अधिकारीदेखि रुष्ट बनेका देउवाले ढिलोगरी आज बिहीबारको समय दिएका हुन्।
बालुवाटार स्रोतका अनुुसार आज तयारी अवस्थामा रहेको मौद्रिक नीतिको ड्राफ्ट गभर्नर अधिकारीले प्रधानमन्त्रीसामु ब्रिफिङ गर्नेछन्। ‘तर, आज कति बजे ब्रिफिङ हुन्छ भन्ने समय तोकिसकेको अवस्था छैन’, स्रोतले भन्यो।
साउनको पहिलो हप्ता मौद्रिक नीति आउने बताउँदै आएका गभर्नर अधिकारी ब्रिफिङका लागि प्रधानमन्त्रीले दिने समयको पर्खाइमा बसेका थिए। अन्ततः आज प्रधानमन्त्रीसँगको ब्रिफिङ सकिएपछि र ड्राफ्ट स्वीकृति भएमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको योजना छ।
एम अधिकारी प्रकरणमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका थिए। तर, गभर्नर अधिकारी आफू एम अधिकारी नरहेको दाबीसहित राजीनामा दिने पक्षमा छैनन्।
बैंकिङ क्षेत्र, उद्योगी, व्यवसायी, सरोकारवाला निकायहरु मौद्रिक नीतिको व्यग्र प्रतीक्षामा छन्। गभर्नर अधिकारीले यस वर्षको मौद्रिक नीति कसिलो आउने संकेत गर्दै आएका छन्।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago