काठमाण्डौ । टीभीएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। 

गत साउन ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट सुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। 

यसका साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो।

करिब ६० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाका बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।