काठमाण्डौ । असमान तल वृद्धि गरेको भन्दै आज सिहंदरबारभित्रका निजामती कर्मचारीहरुले काम ठप्प पारेका छन्। 

निजामती कर्मचारी युनियनको अगुवाइमा नासु बचाऊ अभियानअन्तर्गत कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीको तलब धेरै वृद्धि गरेकोले तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिनुपरेको युनियनको भनाइ छ। 

सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा बृहत् आन्दोलनको तयारीका लागि सिंहदरबारभित्र कर्मचारीहरु भेला भएका छन्। सूचना तथा सञ्चार मन्त्रालयको सभाहलमा भेला भएका कर्मचारीहरुले बृहत् आन्दोलनको तयारी गरिरहेका छन्। 

नासु र खरिदारका माग सम्बोधन नगरे कर्मचारीहरुले सामूहिक राजीनामा लिज सक्ने युनियनले चेतावनी दिएको छ। 

आन्दोलित कर्मचारीहरुले आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापनपत्र बुझाउने छन्।