काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भार स्थिर रहँदै चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago